काभ्रे,
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै आएको छ । देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ए तथा १ बर्षदेखि ५ बर्षसम्मका करिब २४ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले आफ्ना बालबालिकालाई नजिकको स्वास्थ संस्थामा लगि भिटामिन ए र जुकाको औषधि अनिवार्य खुवाउन आग्रह गर्नुभयो । आर्थिक वर्ष ०८०÷८१ को नियमित रूपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ क्याप्सुल यस वर्ष भने दसैँ परेकाले आज र भोलिका लागि सारिएको होे ।