यश कुमार परियार–साउन ६,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज एक जनामा कोरोना देखिएको छ । जिल्लाको मण्डानदेउपुर नगरपालिका वडा नं ७ का २९ वर्षिय पुरुषको धुलिखेल अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । हाल उनको धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहेको डा. झाले जानकारी दिए ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ भने २५ जना कोरोना जितेर घर फर्किसकेका छन् । र २ जना भने आईसोलेसनमा उपचाररत रहेका छन् । आज सम्म काभ्रेमा तेश्रो मुलुकबाट रोजगारी गुमाएर फर्कनेको संख्या ३ सय १४ पुगेको छ । आज जिल्लाको विभिन्न पालिकामा बनाईएको क्वारेन्टाईनमा १ सय २८ जना पुरुष र २० जना महिला गरी १ सय ४८ जना रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । काभ्रे जिल्लामा ८ सय ५१ वेडको क्वारेन्टाईन रहेको छ ।

यसैबिच आज जिल्लाको विभिन्न स्थानहरुमा मास्क नलगाई हिड्ने २ सय १७ जना पुरुष र १ सय ४९ जना महिला गरी ३ सय ६६ जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको पोष्टले जनाएको छ ।

Facebook Comments