काभ्रे,
देशभरका बिभिन्न सामुदायिक विद्यालयहरुमा दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित बन्दै गएको छ । विषयगत शिक्षक अभावकै कारण विद्यालयमा नियमित पठनपाठन नहुँदा एसइइ परीक्षामा सोचेजस्तो नतिजा नआएको कतिपय विद्याथीहरुले गुनासो गर्दे आएका छन् । सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षक अभाब हुँदा झण्डै ४० लाख विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ५३ हजार शिक्षक दरबन्दी अपुग छ । अँग्रेजी, नेपाली, विज्ञान लगायत विषयका शिक्षक आवश्यकता अनुसार छैनन् । जसले देशभरका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा समस्या भएको छ, भने विद्यार्थीले पनि विषयगत शिक्षक पाएका छैनन् ।