रोशी सहकर्मी–साउन २९,
२०७७,काभ्रे/

काभ्रेमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा संघिय प्रहरी इकाई जनागालका ६ जना प्रहरी, एक जना धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, एक जना धुलिखेल अस्पताल बाहिर रहेको होटल व्यवसायी र एक जना धुलिखेल नगरपालिका ७ का सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले जानकारी दिए ।

धुलिखेल अस्पतालका एक जना स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । थप विवरण आउन बाँकि रहेको छ ।

Facebook Comments