Tuesday, July 1, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा सप्ताहव्यापी खोप अभियान शुरु भएको हो ।
हिजो बुधबार रोशी–७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर गाउपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुसहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेका छन ।

You might also like

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया


अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न निर्देशन दिनुभएको छ । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गर्नुभएको छ । गाउँपालिका भित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उँहाले जानकारी दिनुभयो ।
रोशी गाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशी गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी शाहले जानकारी दिनुभयो । अपुग भ्याक्सिन पशु सेवा कार्यालयले थप गर्ने र अझै अपुग भए गाउँपालिकाले खरिद गर्ने उँहाले बताउनुभयो । गाभिनो भेडा बाख्रा र तीन महिना भन्दा कमको पाठापाठिलाइ भ्याक्सिन लगाउन नहुने उनले जानकारी दिनुभयो ।
रोशी गाउपालिकामा १२ वटा वडा रहेका छन् । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखाप्रमुख शाहले जानकारी दिनुभयो । प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उँहाले जानकारी दिनुभयो ।
खोप अभियान फागुन १६ गतेबाट सुरु भएर २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेक बर्ष गर्दै आएको आयोजकले जनाएका छन ।

के हो पिपिआर रोग ?
पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ । नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कसरी चिन्ने पिपिआर ?
शाहका अनुसार यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा ¥याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान ¥याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।

पिपिआरबाट कसरी बचाउने ?
पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।

रोकथाम तथा नियन्त्रण
रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।
नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्नुपर्छ ।

Previous Post

पत्रकार बजगाईलाई ठुलेको सम्मान

Next Post

धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
Next Post
धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

काभ्रे जिल्लामा बाढीपहिरोबाट कृषि तर्फ ४२ करोड बढीको क्षति

बुधबार, अशोज २३, २०८१
एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई परीक्षामा रोशीका ३ वटा बिद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण

शनिबार, असार १४, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.