Sunday, April 19, 2026
Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा पिपिआर विरुद्धको खोप अभियान शुरु
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

रोशी गाउँपालिकामा भेडा बाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको खोप अभियान शुरु गरेको छ । पशु सेवा कार्यालय धुलिखेल काभ्रेको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा सप्ताहव्यापी खोप अभियान शुरु भएको हो ।
हिजो बुधबार रोशी–७ लास्टकोट स्थित स्थानीयको बाख्रालाई खोप लगाएर गाउपालिकाको पशु सेवा शाखाका प्राविधिकहरुसहित गाउँपालिका अध्यक्ष दिनेश लामाले अभियानको शुभारम्भ गरेका छन ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’


अभियानको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिका भित्रको भेडा बाख्रालाई पिपिआर रोगबाट सुरक्षित राख्न कुनै कसर नराख्न निर्देशन दिनुभएको छ । अभियानमा भेडा बाख्रालाइ खोप लगाउन मात्र नभई किसानलाई खोप र रोगको बारेमा जानकारी दिन पनि पशुप्राबिधिकहरुलाइ लामाले अनुरोध गर्नुभएको छ । गाउँपालिका भित्रको किसानका भेडा बाख्रालाई सुरक्षीत राख्न गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्न गाउँपालिका तयार रहेको उँहाले जानकारी दिनुभयो ।
रोशी गाउँपालिका भरी करिब ५० हजार ५२ वटा भेडा बाख्रा रहेकोमा पशुसेवा कार्यालय धुलिखेल काभ्रेले रोशीका लागि १५ सय डोज भ्याक्सिन पठाएको रोशी गाउँपालिका पशु सेवा शाखा प्रमुख रघुनी शाहले जानकारी दिनुभयो । अपुग भ्याक्सिन पशु सेवा कार्यालयले थप गर्ने र अझै अपुग भए गाउँपालिकाले खरिद गर्ने उँहाले बताउनुभयो । गाभिनो भेडा बाख्रा र तीन महिना भन्दा कमको पाठापाठिलाइ भ्याक्सिन लगाउन नहुने उनले जानकारी दिनुभयो ।
रोशी गाउपालिकामा १२ वटा वडा रहेका छन् । उक्त सबै वडामा क्रमैसग भ्याक्सिन लगाउदै जाने शाखाप्रमुख शाहले जानकारी दिनुभयो । प्रत्येक वडामा तीन समुहमा बाडिएर खोप लगाउने उँहाले जानकारी दिनुभयो ।
खोप अभियान फागुन १६ गतेबाट सुरु भएर २३ गते समापन गर्ने शाखाले जनाएका छन । यो अभियान हरेक बर्ष गर्दै आएको आयोजकले जनाएका छन ।

के हो पिपिआर रोग ?
पिपिआर बाख्रामा लाग्ने घातक संक्रामक रोग भएकाले रोग फैलिँदा करिब ८० प्रतिशतसम्म संक्रमित भेडाबाख्राको मृत्यु हुने भएकाले यस रोग बढी महत्वपूर्ण मानिन्छ । यो रोग सुरुमा अफ्रिका महादेशबाट आएपनि हाल विश्वका धेरै मुलुकमा फैलिसकेको र नेपालका अधिकांश जिल्लामा देखा परिसकेको छ । नेपालमा बिक्रम सम्बत २०५१ र ५२ तिरबाट यो रोग देखा परेको हो ।
नेपाल सरकारले इस्विसम्बत २०३० भित्रमा रोग उन्मुलन गर्ने लक्ष्यका साथ कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कसरी चिन्ने पिपिआर ?
शाहका अनुसार यस रोग चिन्ने आधार भनेको भेडाबाख्रामा कडा ज्वरो आउने, सिगान बगाउने, आँखामा ¥याल काड्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिशा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछी उक्त घाउ फुटी पाप्रा बन्ने हुन्छ र सोहि कारणले दानापानी खान नसक्ने हुन्छन् ।
यो रोगी जनावरसंगको प्रत्यक्ष लसपस भएको अवस्थामा, सिगान ¥याल, बड्कौला, तथा दाना पानी दिन प्रयोग गरिने भाडाकुडाबाट सजिलै सर्न सक्छ । पशुको स्याहारसुसार गर्ने व्यक्ति बढी सचेत र चनाखो हुनु जरुरी हुन्छ ।

पिपिआरबाट कसरी बचाउने ?
पिपिआरबाट बच्न तथा बचाउनको लागी सबैभन्दा प्रभावकारी उपाय भनेको प्रत्येक पशुहरुमा फागुन चैत्र महिनामा पीपीआर विरुद्धको खोप लगाउनु पर्छ । ३ महिनाभन्दा माथी उमेर पुगेका सम्पूर्ण उमेर समुहका पशुलाई खोप लगाउन सकिन्छ ।
एक पटक खोप लगाई सकेपछि पुन ३ बर्षसम्म उक्त पशुलाई खोप दिनु पर्दैन । सकेसम्म चरनमा नलैजाने, संक्रमण देखिएको खोरमा फर्मालिन, पोटास पानीको प्रयोग गर्ने र लक्षणको आधारमा पशुसेवाको क्षेत्रमा काम गर्ने प्राविधिकको सल्लाह र निगरानीमा उपचार गराउनु पर्दछ ।
चाड पर्व, दशैं तिहार जस्ता जनावरको व्यापार बढी हुने समयमा यो रोगको संक्रमण बढी फैलिन्छ । तीन महिना उमेर कटिसकेका पाठापाठीहरुलाई यो रोग लाग्दछ । मृत्युदर ५० प्रतिशत, महामारीमा ९० प्रतिशत भेडाभन्दा बाख्रा बढी प्रभावित हुन्छन् ।

रोकथाम तथा नियन्त्रण
रोगी पशु अलग्गै छुट्याउने, चरन क्षेत्रमा रोगी नपठाउने, बाहिरबाट ल्याइएका बथानमा नमिसाउने, २१ दिन पूर्व खोप लगाएका मात्र किन्ने, पिपिआर खोप कार्यक्रममा सहभागी गराउनु पर्छ ।
नियमित आन्तरिक परजीवि औषधी खुवाउने, जनावरको आवतजावतमा रोक लगाउने, रोग लागेको ठाउँमा खोप कार्यक्रम चालु गर्नुपर्छ ।

Previous Post

पत्रकार बजगाईलाई ठुलेको सम्मान

Next Post

धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

धुलिखेलमा १२ बर्षिया बालिका ८१ बर्षिय बृद्धबाट बलात्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भुकम्प पिडितका लागी देउसीभैलो खेल्दै आर्थिक संकलनमा जनक का बिद्यार्थी

भुकम्प पिडितका लागी देउसीभैलो खेल्दै आर्थिक संकलनमा जनक का बिद्यार्थी

मङ्लबार, कार्तिक २८, २०८०
मंगलटार स्वास्थ्य चौकीमा भोलि निःशुल्क स्वास्थ्य शिविर हुने

मंगलटार स्वास्थ्य चौकीमा भोलि निःशुल्क स्वास्थ्य शिविर हुने

सोमवार, कार्तिक २६, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.