काभ्रे,
३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर सगरमाथा आरोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमानी तोड्नुभएको छ । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँले आज बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यसअघि उँहा वैशाख ३० गते २९औँ पटक सगरमाथाको चुचुरोमा पुगग्नुभएको थियो ।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधि आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ ।