Wednesday, June 17, 2026
Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको १३ स्थानीय तहमध्ये महाभारतको बेरुजु शून्य, पनौती दोस्रो, रोशी तेस्रो स्थानमा

RadioRoshi by RadioRoshi
सोमवार, जेष्ठ १४, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
काभ्रेको १३ स्थानीय तहमध्ये महाभारतको बेरुजु शून्य, पनौती दोस्रो, रोशी तेस्रो स्थानमा
602
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाकोे १३ वटा स्थानीय तहमध्ये महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । महालेखापरिक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९÷०८० को महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । प्रतिवेदन अनुसार महाभारत गाउँपालिका पछि कम बेरुजु गर्ने स्थानीय तहको दोस्रामा पनौती नगरपालिका परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । महाभारत गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण गरेकोमा बेरुजु शून्य रहेको छ ।

You might also like

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

जिल्लामा बेरुजु कम गर्ने स्थानीय सरकारको दोस्रो स्थानमा रहेको पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात ४२ लाख ४ हजार बेरुजु रहेको छ ।

तेस्रो स्थानमा रोशी गाउँपालिका परेको छ । रोशी सरकारले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात ४० लाख ७७ हजार बेरुजु रहेको छ ।

चौथो स्थानमा तेमाल गाउँपालिका रहेको छ । तेमाल गाउँपालिकाको १ अर्ब २६ करोड २५ लाख ७ हजारको लेखापरिक्षण गरेकोमा शुन्य दशमलव ६६ प्रतिशत अर्थात ८३ लाख ४५ हजार बेरुजु रहेको छ ।

पाँचौ स्थानमा बनेपा नगरपालिका छ । बनेपाको २ अर्ब ४२ करोड ३७ लाख ९३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

छैठौं स्थानमा खानीखोला गाउँ पालिका छ । उसको ८९ करोड ८६ लाख ३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार रुपैयाँ बेरुजु रहेको छ ।

सातौं स्थानमा बेथानचोक गाउँपालिका रहेको छ । उसको एक अर्ब ४२ करोड २७ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव २१ अर्थात १ करोड ७१ लाख ८४ हजार रुपैयाँ बेरुजु रहेको छ ।

आठौं स्थानमा मण्डनदेउपुर नगरपालिका छ । मण्डनदेउपुरले १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात २ करोड ९ लाख ७३ हजार बेरुजु रहेको छ ।

नवौं स्थानमा धुलिखेल नगरपालिका छ । उसको एक अर्ब ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ६६ लाख ८८ हजार रुपैयाँ महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दशौं स्थानमा चौंरीदेउराली गाउँपालिका छ । चौंरीदेउरालीले एक अर्ब १ करोड ८३ लाख ८१ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ७९ अर्थात १ करोड ८२ लाख ७३ हजार रुपैयाँ बेरुजु रकम रहेको छ ।

एघारौँ स्थानमा पाँचखाल नगरपालिका छ । पाँचखालको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात ३ करोड ६९ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको छ ।

बाह्रौँ स्थानमा नमोबुद्ध नगरपालिका रहेको छ । नमोबुद्धको १ अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अर्थात ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ ।

जिल्लाको १३ स्थानीय सरकार मध्ये सबै भन्दा बढी बेरुजु भूम्लु गाउँपालिको रहेको छ । भुम्लुले आर्थिक बर्ष २०७९÷०८० मा एक अर्ब २० करोड ६९ लाख ४ हजारको लेखापरिक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ ।

Previous Post

रोशी र धुलिखेलमा गुणस्तरीय शिक्षाका लागि युनाईट कार्यक्रम सञ्चालनको सहमती

Next Post

१ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दिउँसो ३ बजेलाई सर्यो

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
Next Post
१ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दिउँसो ३ बजेलाई सर्यो

१ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दिउँसो ३ बजेलाई सर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बनेपाबाट अवैद्य २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय नागरिक पक्राउ

बनेपाबाट ठुलो परिमाणमा अवैद्य सुन र चाँदीसहित भारतीय नागरिक पक्राउ

मङ्लबार, मंसिर १९, २०८०
काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

काभ्रेमा नसर्ने रोगका बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै

शुक्रबार, भदौ १७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.