काभ्रे,
भारतीय सस्तो गोलभेँडाको अत्यधिक आयातले सर्लाहीका किसान आर्थिक संकटमा परेका छन् । भारतीय सस्तो गोलभेँडाको कारण स्थानीय किसानले उत्पादन गरेको गोलभेँडाले बजारमा उचित मूल्य पाउन सकेका छैनन् । सर्लाहीमा गोलभेँडा प्रतिकेजी २० देखि २२ रूपैयाँमा बिक्री भइरहेको छ, तर भारतीय गोलभेँडाको सस्तो मूल्यले प्रतिस्पर्धा गर्न कठिन भएको किसान र व्यापारीहरूले बताएका छन् ।
किसानले महँगो मल, बिउ, र औषधि प्रयोग गरेर उत्पादन गरे पनि, भारतीय गोलभेँडाले उनीहरूको उत्पादनलाई बजारबाट विस्थापित गरिरहेको छ । भारतीय गोलभेँडाको अत्यधिक आपूर्तिका कारण बिक्रीमा पनि समस्या भइरहेको छ भने चिस्यान केन्द्रको अभावले खेतमा पाकेका गोलभेँडा नष्ट हुने जोखिम बढेको छ । प्रति क्रेट २ हजार रूपैयाँमा बिक्री भएको गोलभेँडा अहिले ५सय रूपैयाँमा झरेपछि किसानहरूको लागतसमेत उठाउन कठिन भएको छ ।