काभ्रे,
तेमाल गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना भएको छ । तिलगंगा आँखा प्रतिष्ठानको सहकार्य र गुड भिजन जर्मनको सहयोगमा स्थापना भएको “तेमाल ग्रामिणआँखा केन्द्र” को शुक्रबार गाउँपालिका अध्यक्ष चन्द्रबहाद्र तामाङको अध्यक्षतामा उद्घाटन गरीएको हो ।
कार्यक्रममा बोल्नुहुदै अध्यक्ष तामाङले निर्वाचनको क्रममा तेमाली जनतालाई आफूले गरेको वाचा पूरा गरेको बताउनुभयो । निर्वाचनको क्रममा गाउँ–गाउँमा पुग्दा आँखाको समस्या बोकीरहेका आमा–बुबालाई भेटेको स्मरण गर्दै आफूले वाचा गरेको कुरा पूरा गरेको बताउनुभएको हो । उद्घाटन कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङ, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतको सहभागीता रहेको थियो ।