Saturday, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, गाडी आवतजावत बन्द

RadioRoshi by RadioRoshi
आइतवार, साउन १९, २०८२
in Roshi Khabar E-Paper
0
रामेछापको भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, गाडी आवतजावत बन्द
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाण्डौ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पु¥याएको छ । कटानका कारण ठूला गाडी चलाउन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।

You might also like

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

अस्ति शुक्रवार रातिदेखि परेको वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला गाडीको आवातजावत पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे गाडीबाहेक अन्य गाडी चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।

गएराति वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुङ्गेलले बताउनुभयो । खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान शुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताउनुभयो ।

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाण्डौ वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै गाडी यही बाटो भएर काठमाण्डौ आवतजावत गरेका थिए ।

अहिले पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन बोकेका गाडी यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाण्डौ तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ ।– रासस

Previous Post

सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ सदस्य सम्पर्कबिहिन

Next Post

अबको ३ दिनसम्म मनसुन सक्रिय रहनेः सावधानी अपनाउन महाशाखाको आग्रह

RadioRoshi

RadioRoshi

Related Posts

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
आज बागमती सहित चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

अबको ३ दिनसम्म मनसुन सक्रिय रहनेः सावधानी अपनाउन महाशाखाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

रोशी पूर्ण खोप सूनिश्चतता तथा दिगोपना गाउँपालिका घोषणा

बुधबार, जेष्ठ २९, २०८२
नमोबुद्धमा व्यवसाय दर्ता अभियान सञ्चालन

नमोबुद्धमा व्यवसाय दर्ता अभियान सञ्चालन

सोमवार, चैत्र २७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.