सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सदस्यहरु गाउँबाटै रहस्यमयी तरिकाले सम्पर्कबिहिन भएका छन् ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सम्पर्कबिहिन भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरले जनाएको छ ।
उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १-२ दिन पहिले नै आगलागी भएको जस्तो देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।
घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर वरपरको क्षेत्रमा तलासी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरिले उनिहरुको खोजतलास सुरु गरेको छ ।