काभ्रे,
अबका तीन दिनसम्म मनसुन सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।