Monday, October 13, 2025
Date
सोम, अशोज २७, २०८२
Mon, October 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाँदरको आतङ्कले बाग्लुङको ग्रामीण बस्ती नै रित्तिँदै

RadioRoshi by RadioRoshi
मङ्लबार, साउन २८, २०८२
in Roshi Khabar E-Paper
0
बाँदरको आतङ्कले बाग्लुङको ग्रामीण बस्ती नै रित्तिँदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बाग्लुङको काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाड्नुभयो । उहाँले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थाल्नुभएको छ । अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उहाँको गुनासो छ ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

घरमा बुढाबुढीमात्र बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको कँडेलको भनाइ छ । बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेको उहाँको भनाइ छ ।

किसानले सुन्तला बारीमा अदुवा लगाउने गरेका छन् । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताउनुभयो ।

काठेखोला गाउँपालिकाका दर्जनौं किसानले बारीमा मकै छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् । तर बाँदरबाट बच्न उनीहरूले खेतीपाती परिवर्तन गरेका हुन् ।

यस्तै बाँदरको आतङ्क नै भोजपुरका किसानको प्रमुख समस्या बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो ।

बाँदरका कारण जिल्लाका धेरै भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन् ।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौ वटै पालिकामा बाँदरले दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उहाँको भनाइ छ । –रासस

Previous Post

सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

Next Post

यूएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
यूएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

यूएईको जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

सडकमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको एक लाख जरिवाना

शनिबार, मंसिर ८, २०८१
मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी चालकबाट चार करोड राजस्व सङ्कलन

मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी चालकबाट चार करोड राजस्व सङ्कलन

बिहिबार, माघ १८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.