काभ्रे,
विभिन्न घटनामा परेर संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् । यूएईको आवुधावीस्थित नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले आममाफीको निर्णय गरेको हो । राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।
