काभ्रे,देबराज उप्रेती,
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने सुझाव संकलन तथा परामर्श सम्पन्न भएको छ । हिजो ((सोमबार) गाउँपालिका अध्यक्ष चन्द्र बहादुर तामाङको अध्यक्षतामा गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी एक दिने सुझाव संकलन तथा परामर्श कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाले पालिकाभित्र संञ्चालित सामुदायिक विद्यालयहरु कक्षा १ देखि ८ कक्ष सम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिने तयारी गरेको छ । तेमाल गाउँपालिकाको आयोजना तथा नाङशाल स्टडी एण्ड डेभलपमेन्ट काठमाडाको प्राविधिक सहयोगमा कार्यक्रम संचालन भएको हो । कार्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रमविद् पुरुषोत्तम घिमिरेले सहजिकरण गर्नुभएको थियोे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डि.एम), प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल,नेपाली काग्रेंस जिल्ला सचिव गुणराज मुक्तान,सामाजिक विकास संयोजक इन्द्रलाल तामाङ ,वडाध्यक्षहरु , कार्यापालिकाका सदस्यहरु प्र.अ.हरु, वि व्य.स.अध्यक्षहरु तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति थियो ।