काभ्रे,
बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–८ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको लेदोले चारसयबेंसीमा सडक पुर्ण रुपमा बन्द भएको थियो ।
प्रहरी, स्थानिय निकाय र सडक बिभागसँग समन्वय गरि दुईतर्फी बाटो खुलाउने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।