Monday, October 13, 2025
Date
सोम, अशोज २७, २०८२
Mon, October 13, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

RadioRoshi by RadioRoshi
शनिबार, भदौ ७, २०८२
in Roshi Khabar E-Paper, रोशी खबर
0
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्दछन् ।

You might also like

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

त्यसैगरी आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको छ ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो ।

Previous Post

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Next Post

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

RadioRoshi

RadioRoshi

Related Posts

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

by RadioRoshi
सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

by RadioRoshi
मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

by RadioRoshi
मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

by RadioRoshi
सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
Next Post
तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

सम्पर्कमा नरहेका काभ्रेका रुपक केसी सहित २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

सम्पर्कमा नरहेका काभ्रेका रुपक केसी सहित २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

बुधबार, पुस ११, २०८०
काभ्रेमा बाढिपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुग्यो, ५ जना अझै वेपत्ता

बाढीपहिरोको कारण रोशीमा ३५० घर पूर्ण क्षति भएको प्रारम्भिक अनुमान

बुधबार, अशोज २३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु
Roshi Khabar E-Paper

अबरुद्ध बीपी राजमार्ग सञ्चालनको लागि डाइभर्सन बनाउन सुरु

सोमवार, अशोज २०, २०८२
नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाका पुर्व नगरप्रमुख टिपी शर्मा तिमल्सिनाको निधन

मङ्लबार, अशोज ७, २०८२
रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिका अन्तर्गतका सडकहरूको स्तरोन्नतिका लागि टेन्डर आह्वान

मङ्लबार, भदौ ३१, २०८२
नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा
Roshi Khabar E-Paper

नवनियुक्त तीन मन्त्रीहरुकोे शपथ साढे ११ बजे शीतल निवासमा

सोमवार, भदौ ३०, २०८२
नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.