Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन

RadioRoshi by RadioRoshi
शनिबार, भदौ ७, २०८२
in Roshi Khabar E-Paper, रोशी खबर
0
आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्दछन् ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

त्यसैगरी आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती पनि विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनुभएको छ ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो ।

Previous Post

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Next Post

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

तेमालमा राष्ट्रिय परिचयपत्र शिविर सुरुः जेष्ठ नागरिकलाई वडा वडामै सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन निर्माण व्यवसायीलाई मन्त्रालयको अनुरोध

चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गराउन निर्माण व्यवसायीलाई मन्त्रालयको अनुरोध

बिहिबार, चैत्र २३, २०७९
रोशीमा लैंगिक हिंसा तथा मानव बेचविखन विरुद्ध सडक नाटक प्रदर्शन

रोशीमा लैंगिक हिंसा तथा मानव बेचविखन विरुद्ध सडक नाटक प्रदर्शन

सोमवार, जेष्ठ २९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.