रोशी सहकर्मी-साउन २३,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका अन्तर्गतका विद्यार्थीहरुले परीक्षा गर्न संभावना नभएको भन्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा दिनानुदिन कोरोनाको त्रास बढ्दै गएको क्रममा परीक्षा दिन शिक्षालयसम्म पुग्दा विद्यार्थीलाई रोग लाग्न सक्ने संभावना हुने हुदा स्वास्थ्य भन्दा पनि माथिल्लो स्तरमा रहेर परीक्षा दिन नसक्ने भन्दै जिल्ला शिक्षा विकास तथा सम्वन्य ईकाईमा पत्र बुझाएका थिए ।

पत्रमा ३१ जना विद्यार्थीहरुले आफ्नो समर्थनता जनाएका थिए भने सबैलाई भेटेर समर्थनता जनाउदा आफ्नो स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले अन्य विद्यार्थीलाई सहि नगराएपनि समर्थन भने जनाएका धुलिखेलका विद्यार्थी पवन गौतमले जानकारी दिए ।

नेपालमा अहिलेसम्मको सन्धर्भ हेर्दा एकैपटक परीक्षा हुने गरेको छ । विभिन्न जिल्लामा निशेधाज्ञा जनाईएको अवस्थामा कुनै जिल्लामा परीक्षा लिने र कुनै जिल्लामा नहुने अवस्था अस्वभनिय भएको विद्यार्थीका प्रतिनिधि गौतमले बताएका छन्

Facebook Comments