काभ्रे,
आज सुनको भाउ बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार रुपैयाँ थियो ।
यस्तै चाँदी १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४५ रुपैयाँ थियो ।