रजबास,साधुराम रानामगर
श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय रोशी ९, रजबासले आफ्नो ५६ औ वार्षिकोत्सब भव्यताका साथ मनाएको छ । आज रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद रेग्मिको सभापतित्वमा विद्यालयको ५६ औं वार्षिकोत्सब सम्पन्न भएको हो ।
विशेष अतिथिमा रोशी गाउँपालिकाको उपाध्यक्ष आदरणीय मिमबहादुर वाइबा (ज्वाला), रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख एवम् विद्यालय निरीक्षक ठाकुरप्रसाद दाहाल रहनुभएको थियो । त्यसैगरी नेपाल शिक्षक महासङ्घको काभ्रे जिल्ला सचीव एवम मङ्गल जनविजय मा वि को प्रधानाध्यापक श्री बासु थापा, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष र प्रधानाध्यापकहरुको आतिथ्यता रहेको थियो । वार्षिकोत्सबको प्रमुख अतिथी, विशेष अतिथी र अन्य अतिथीहरुले सामुहिक १०८ द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
समारोहमा विशेष अतिथी रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा र शिक्षा शाखा प्रमुख ठाकुरप्रसाद दाहालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले विद्यालयको ५६औं वार्षिकोत्सबको अवसरमा शुभकामना दिनहुदै विद्यालयको भौतिक, शैक्षिक विकास र उन्नतिका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने बताउनुभयो । अहिले पनि बिभिन्न गैह्रसरकारी संघसस्थाहरुसँग साझेदारी गरि विद्यालयमा चारकोठे पक्की भवन बन्न लागेको र त्यसको ठेक्काको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “म पनि यसै विद्यालयमा पढेको हो, विद्यालयको उन्नतिको लागि मेरो पनि दायित्व छ”– उहाँले भन्नुभयो ।
त्यसैगरी, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला) ले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुहुँदै विद्यालयले जिवनोपयोगी ज्ञान र सिप विकासमा अग्रसर हुँदै पालिकाको मात्र नभै काभ्रेपलान्चोक जिल्लकै उत्कृष्ट विद्यालय हुन सकोस भनी शुभकामना ब्यक्त गर्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आफ्नो तर्फबाट सधै सहयोग रहने उहाँको भनाई छ ।
कार्यक्रमका सभापति तथा वि.व्य.स. अध्यक्ष डिल्ली प्रसाद रेग्मिले विद्यालयको उन्नति प्रगतिको लागि गाउँपालिकाले गरिरहेको सहयोगको उच्च प्रसंसा गर्नुभयो । कार्यक्रममा विद्यालयको समग्र पक्षको बारेमा निमित्त प्रधानाध्यापक रबिन मैनालिले प्रस्ट पार्नुभएको थियो ।
समारोहमा विद्यालयमा विभिन्न कार्यक्रमहरु सन्चालन गरिएको थियो । जस अन्तरगत विद्यालयमा नव नियुक्त मा.वि. शिक्षक संगिना गोम्जालाई स्वागत र पुर्व शिक्षक तिलकराज न्युरेलाई विदाइ गरिएको छ । त्यसैगरि एस.ई.ई परिक्षा २०८१ मा आफ्नो विषयमा शतप्रतिशत नतिजा निकाल्न सफल शिक्षक गङ्गाराम राना मगर र संगिता गौतमलाई सम्मान गरिएको थियो । वार्षिकोत्सबकै अवसरमा विद्यालयका सस्थापक अध्यक्ष स्वर्गिय तिर्थबहादुर राना मगर स्मृती अक्षय कोष अन्तर्गत ५ जना बिपन्न, टुहुरा तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको थियो ।
त्यसैगरि विद्यालयको लागि जग्गा दान गर्नुहुने रोशी ९, रजबास निवासी जग्गादाता हरिभक्त चितौरे मगरलाइ दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । यसका साथै विन्ध्यवासिनी पुस्तकालयको आजिवन सदस्यहरुलाइ प्रमाणपत्रको साथ सम्मान गरिएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
त्यस्तै विद्यालयले मङ्सिर २८, २९ र पुस १ गते सन्चालन गरिएको विन्ध्यवासिनी खेलकुद महोत्सबमा सफल र उत्कृष्ट सदन र विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक साधुराम राना मगरले गर्नुभएको थियो ।













