जेठ ३०,
२०७८,काभ्रे/

पाँचखाल नगरपालिकाले भैँसीको थोरे वितरण गर्ने भएको छ । आईतबार पालिकाले एक सूचना जारी गर्दै वडा नम्बर ५ र १३ का किसानलाई भैँसीको थोरे वितरण गर्ने जनाएको हो । संघ र प्रदेश सरकारको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा थोरे वितरण हुनेछ ।

वडा नम्बर ५ मा ९७ वटा र वडा नम्बर १३ मा ५७ वटा भैँसीको थोरे वितरण गरिनेछ । यो वडामा प्रदेश सरकार र निजी कृषकहरूको साझेदारीमा मध्य पहाडी लोकमार्ग दूग्ध उत्पादन कार्यक्रम अन्तर्गत थोरे वितरण गरिनेछ ।

नगरपालिकाले अबको १५ दिनभित्र सम्बन्धित वडा र नगरपालिकाको पशुपन्छी शाखामा निवेदन दिन आग्रह गरेको छ । यसको लागि सहकारी, कृषि समूह र समितिहरू निवेदन पेश गर्न सक्ने छन् ।

Facebook Comments Box