काभ्रे,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल फेसबुक मार्फत् पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो । उहाँले फेसबुकमा ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ लेख्नुभएको छ ।
यसअघि हिजो मात्रै सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको थियो । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाउनुभएको हो । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र उर्जामन्त्री कुलमान घिसिङले पनि पदबाट राजीनामा दिनुभएको थियो ।














