काभ्रे,
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को लागि आज माघ ६ गते मंगलबार मनोनयन दर्ता हुँदैछ ।
काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट गुणराज मुक्तान, नेकपा एमालेबाट अमित लामा (अमि), नेपाल कम्युनिष्ट पार्टीबाट दिननाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुप्रसाद चौलागाई, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल चुनावी प्रतिस्पर्धामा छन् ।
त्यस्तै काभ्रेपलाञ्चोक प्रतिनिधी सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसले मधुप्रसाद आचार्य, नेकपा एमालेले अशोककुमार व्याञ्जु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीले बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बदन भण्डारी, उज्यालो नेपाल पार्टीले ज्योत्सना सैंजु र राष्ट्रिय प्रजातन्त्र पार्टीले रञ्जिव श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन लगायतले पनि उम्मेदवार टुंगो लगाएका छन् ।
क्षेत्र नं १ मा निर्वाचन अधिकृतको कार्यालय पनौती नगरपालिकाको कार्यालय र क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।













