Saturday, February 7, 2026
Date
शनि, माघ २५, २०८२
Sat, February 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

RadioRoshi by RadioRoshi
शनिबार, माघ २५, २०८२
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

भोलि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । यसै अन्तर्गतरोशी गाउँपालिकामा भने पर्सि माघ २६ देखी २९ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै माघ २६ गतेदेखि २९ गतेसम्म पालिका भित्रका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा खोप केन्द्र तोकेर अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

You might also like

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

कक्षा ६ मा पढ्ने तथा १० वर्ष पुगेका बालिकाहरुलाई खोप लगाईने छ । गएको वर्ष खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका ११ देखि १४ वर्षका किशोरीलाई पनि खोप दिइनेछ । खोप कार्यक्रम प्रत्येक वडाका तोकिएका स्वास्थ्य संस्था र विद्यालयहरूमा बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुनेछ।

प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीद्वारा हस्ताक्षरित सूचनामा, खोप केन्द्र तोकिएका विद्यालयहरूलाई स्वास्थ्यकर्मीहरूसँग आवश्यक समन्वय र व्यवस्थापन गर्न आग्रह गरिएको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न यो खोप अत्यन्त प्रभावकारी मानिने हुनाले आफ्ना बालबालिकालाई नजिकैको केन्द्रमा लगी खोप लगाउन गाउँपालिकाले सबै अभिभावकहरूमा अनुरोध गरेको छ।

जारी सूचना अनुसार माघ २६ गते वडा नं. १ को चेतना मा.वि., वडा नं.२ को लक्ष्मी नारायण मा.वि., वडा नं.३ को देवी मा.वि., वडा नं.४ को नागदेवि मा.वि., वडा नं.५ को भूमेस्थान मा.वि., वडा नं.६ को हरिसिद्धि मा.वि. र हिमालय मा.वि., वडा नं.७ को गौतमबुद्ध आ.वि. वडा नं.८ को इन्द्रोदय आ.वि., वडा नं.९ को विन्ध्यवासिनी मा.वि. र मंगल जनविजय मा.वि., वडा नं.१० को पञ्चकन्या मा.वि., वडा नं.११ को पोक्रा मा.वि. वडा नं.१२ को गणेश मा.वि.मा खोप अभियान सञ्चालन हुने छ।

त्यसैगरि माघ २७ गते वडा नं.४ को जोगेश्वर मा.वि., वडा नं.६ को कालिदेवि आ.वि., वडा नं.७ को रोशी मा.वि., वडा नं.११ को जुगेश्वर मा.वि. र वडा नं.१२ को विन्ध्यवासिनी आ.वि.मा खोप अभियान सञ्चालन हुने छ ।

त्यस्तै माघ २८ गते वडा नं.७ को प्रगति किरण इंग्लिस स्कुल र वडा नं.११ को श्रीकृष्ण आ.वि. तथा माघ २९ गते वडा नं.११ को भिमेश्वर मा.वि.मा खोप अभियान सञ्चालन हुने छ ।

खोप लगाउन छुटेका एवं विद्यालय नजाने छात्राहरुकोे हकमा भने वडा नं. १ मा खहरेपाँगु स्वास्थ्य चौकी, वडा नं. २ मा शिखर आम्बोटे स्वास्थ्य चौकी, वडा नं. ३ मा शिखर आम्बोटे सा. स्वास्थ्य ईकाई, वडा नं. ४ मा महादेवटार स्वास्थ्य चौकी, वडा नं. ५ मा सिसाखानी स्वास्थ्य चौकी, वडा नं. ६ मा सिन्किलेक सा. स्वास्थ्य ईकाई र सिपाली चिलाउने स्वास्थ्य चौकी, वडा नं. ७ मा कटुञ्जेबेशी स्वास्थ्य चौकी, वडा नं. ८ मा खार्पाचोक स्वास्थ्य चौकी, वडा नं. ९ मा मंगलटार सा. स्वास्थ्य ईकाई र मंगलटार स्वास्थ्य चौकी, वडा नं. १० मा वाल्टीङ स्वास्थ्य चौकी, वडा नं. ११ मा भिमखोरी स्वास्थ्य चौकी र वडा नं. १२ मा भिमखोरी सा. स्वास्थ्य ईकाईमा खोप अभियान सञ्चालन हुने छ ।

एचपीभी खोपलाई सरकारले नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिसकेको छ । गएको वर्ष झन्डै १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो । अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको ज्यान जाने प्रमुख कारणमध्ये एक हो । यो क्यान्सर मुख्यतः ह्युमन पापिलोमा भाइरसको संक्रमणबाट हुने गर्छ । भाइरस छालाको सम्पर्कबाट सजिलै सर्ने भएकाले खोप नै सुरक्षित उपाय भएको डाक्टरहरुको भनाइ छ ।

Previous Post

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

Next Post

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

RadioRoshi

RadioRoshi

Related Posts

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

by RadioRoshi
शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

रोशी–३ को शिखर छाप भन्ज्याङ ताराखसे पोखरी गोकुले सडकमा ढलान

शनिबार, चैत्र २, २०८१
बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

बझाङमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

शनिबार, चैत्र १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु
Roshi Khabar E-Paper

प्रथम रोशी गाउँपालिका स्तरीय शिक्षक–कर्मचारी भलिबल प्रतियोगिता–२०८२ सुरु

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.