काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आज देशैभर वर्षाको सम्भावना औंल्याएका छन् । रातिदेखि नै जारी वर्षा आज पनि कायम रहने भएको हो । देशैभर भएको वर्षाले गर्मीमा राहत मिलेको छ । मौसमविद बिनु महर्जनका अनुसार गण्डकी र लुम्बिनीका केही जिल्लामा अहिले पनि पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली क्रमशः पूर्वतिर सरिरहेको छ ।
त्यसको प्रभावले काठमाडौं उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशमा पनि वर्षा हुने पूर्वानुमान गरिएको हो । उँहाको अनुसार कुनै–कुनै ठाउँमा भारी वर्षा हुने सम्भावना पनि छ । गएराति काठमाडौं उपत्यकामा पनि ठूलो पानी परेको थियो ।













