रोशी सहकर्मी–माघ १,
२०७६,काभ्रे/

धुलिखेल अस्पतालमा अन्य दिनको भन्दा फरक दृश्य थियो आज । सधै बिरामीको उपचारमा रहने डाक्टर नर्स आज भने माघे सक्रान्ती माउउँदै खुशी साट्दै थिए । माघे सक्रान्तीको अवसरमा धुलिखेल अस्पतालले घिउ, चाकू खुवाउने कार्यक्रम राखेपछि डाक्टर नर्स तथा कर्मचारी संस्कृति जगर्नेका लागि अस्पतालले राम्रो गरेको भन्दै खुशी साट्दै थिए ।
काठमाडौं विश्वबिद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजूले पछिल्लो पुस्ताले मनाउनै छाडेका चार्डपर्वको अस्पतालले जानकारी गराउन र धर्म संस्कृतिको जगर्ने गर्ने हेतृले कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । उहाँले हरेक चाडमा नयाँ नयाँ संकल्प गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केयूका स्कुल अफ साइन्सेसका डीन डा. राजेन्द्र कोजू, धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक रमेश मकाजू, डा प्रधुम्न श्रेष्ठ, डा सुमन ताम्राकार लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments