काभ्रे,
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै छ । पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । पर्यटकीय राजधानीको घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ।
अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको नगर प्रमुख आचार्यले जानकारी दिनुभयो । पर्यटकीय नगरी घोषणा कार्यक्रमका अवसरमा बसुन्धरा पार्कबाट झाँकीसहितको ¥याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा गरिने छ।