रोशी सहकर्मी–माघ ४,
२०७६,तेमाल/

तेमाल गाँउपालिकाको आयोजनामा यहि माघ ३ गते देखि हुने भनिएको अध्यक्षकप अन्तर–वडा फुटबल प्रतियोगिता स्थगित भएको छ । तेमाल गाँउपालिकाको कार्यलयले एक विज्ञप्ती निकाल्दै यस्तो जनाएको हो । विज्ञप्तीमा “भारी वर्षका कारण पुर्व निर्धारित औपचारीक उद्धघाटन कार्यक्रम र तालिका अनुसारको खेल कार्यक्रम अबिरल बर्षाका कारण स्थगित भएको र अर्को सुचना नआएसम्मको लागि स्थगित गरिएको छ” भनिएको छ ।
रेडियो रोशी सँग कुरा गर्दै आयोजक समितिका संयोजक एवं तेमाल गाँउपालिकाका प्रवक्ता ज्ञान बहादुर तामाङले अध्यक्षकप फुटबल आयोजक तथा व्यवस्थापन समितिको बैठक बसि अर्को तालिका छिट्टै प्रकाशित गर्ने बताए । “यहि माघ ७/८ गते कार्यपालिका बैठक बस्छौ र खेलको बारेमा सुचना प्रकाशित गर्छौ ।”

यस सँग सम्बन्धित खबर https://radioroshi.org.np/archives/1322

Facebook Comments