काभ्रे,
असोज दोस्रो साता अविरल बर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याएको खानेपानी आयोजनाहरु सुचारु गर्न रोशी गाउँपालिकाले २७ हजार मिटर भन्दा बढी खानेपानीको पाइप वितरण गरेको छ ।
बाढी पहिरोले रोशी भेगमा निकै धनजनको क्षति पुर्याएको थियो । धनजनसँगै रोशीको नागरिकले उपभोग गर्दै आएका एक सय ६० वटा खानेपानी आयोजनामा पनि क्षति पुर्याएको थियो । सो खानेपानी अस्थायी रुपमा भएपनि सुचारु गर्न गाउँपालिकाले आवश्यकताको आधारमा वडा÷वडामा खानेपानीको पाइप वितरण गरेको हो ।
रोशीका नागरिकलाई तत्कालका लागि खानेपानीको समस्या समाधान होस भन्ने हेतुले केही संघ र प्रदेश सरकारबाट प्राप्त भएको र केही गाउँपालिकाले खरिद गरेर हालसम्म करिब २७ हजार मिटर भन्दा बढी पाइप वितरण गरेको गाउँपालिका अध्यक्ष दिनेस लामाले बताउनुभयो । माग आइरहेकाले आवश्यकता हेरेर फेरि पनि पाइप वितरण गरिने उहाँको भनाई छ ।
बाढी पहिरोले रोशीमा १२ जनाको ज्यान लिएको थियो भने अरबौको सरकारी तथा व्यक्तिगत धनको क्षती भएको थियो ।