यश कुमार परियार–भकुण्डे, असोज १५
जिल्लाको नमोबुद्ध नगरमा बाल समुहलाई बाल अधिकार, बाल संरक्षण, भित्ते पात्रिका लेखन र नेतृत्व विकास सम्बन्धि २ दिने क्षमता विकास तालीम सम्पन्न भएको छ । नाङशाल यशोसियसन नेपालको आयोजनामा सेभ द चिल्डेनको सहयोग, नमोबुद्ध नगरपालिका नगर बाल सञ्जाल र सिविस नेपालको समन्वयमा उक्त तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन शत्रमा नाङशाल एशोसियसन नेपालका कोषाध्यक्ष सुनिता लामा, कार्यकारी निर्देशक गुणराज मुक्तान र नमोबुद्ध नगरपालिका शिक्षा शाखाका प्रमुख जनार्दन रिजालले आफ्नो मन्तव्य राखेका थिए भने समापन शत्रमा संस्थाका अध्यक्ष दिनेश लामाले तालिमको उपदेहिताबारे प्रकाश पारेका थिए । लामाले सिकेको कुरालाई प्रयोगमा ल्याउनुपर्ने अनि मात्रै क्षमता विकास क्रमश हुने बताए । ’सिक्दै जानुस, क्षमता विकास गर्दै जानुस, मेरो शुभकामना छ “ ।
असोज १४ गते बाट सुरु भएको उक्त तालीममा नमोबुद्ध नगर भरीका बिभिन्न बाल समुहका २५ जना सहभागी रहेका थिए । तालिमको सहजिकरण हिम्मत सिं लेकाली र केशव पाण्डेले गरेका थिए ।

Facebook Comments Box