काभ्रे,
पहिरोले बस्ती नै बगाएपछि बाजुराको हिमाली गाउँपालिका ४ बोर्ताका १ सय १३ घरपरिवार विस्थापित भएका छन् । गत २१ गते बिहान आएको पहिरोले बोर्ता गाउँका ६ घर बगाएको थियो भने २० वटा घर चर्किएका छन् । अन्य घरमा समेत पहिरोको उच्च जोखिम भएपछि १ सय १३ परिवारका ३ सय ३२ जना महिला र ३ सय २९ जना पुरुष गरी ६ सय ६१ जना घर छोडेर अलि माथिको डाँडामा पुगेका छन् ।
६ सय ६१ जनालाई घामपानीबाट जोगिन जम्मा १३ वटा मात्रै त्रिपाल उपलब्ध हुँदा झनै समस्या भइरहेको स्थानीयहरु बताउदछन् । सकसपूर्ण रहेको यो बसाइमा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घरोगीलाई अझ बढी समस्या रहेको स्थानियहरुको गुनासो छ ।