रोशी सहकर्मी–माघ ९,
२०७६,तेमाल/

तेमाल गाँउपालिकामा स्थगित भएको अन्तर–वडा फुटबल प्रतियोगिता सुरु हुने भएको छ । तेमाल गाँउपालिकाको ३२ औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि कुराकानी गर्दै गाँउपालिकाका प्रवक्ता एवं आयोजक समितिका संयोजक ज्ञान बहादुर तामाङले यही माघ २३ गते औपचारीक उद्धघाटन बाट सुरु भई २५ गते फाईनल खेल हुने बताए । साथै सबै खेलहरु पुर्व निधारित तालिका अनुसार नै हुने उनले बताएका छन् ।
तेमाल गाँउपालिकाको आयोजनामा यहि माघ ३ गते देखि हुने भनिएको अध्यक्षकप अन्तर–वडा फुटबल प्रतियोगिता भारी वर्षका कारण स्थगित भएको थियो ।
प्रतियोगिता समापनका अवसरमा सार्क गेममा पदक विजेताहरुलाई सम्मान गरिने कार्यक्रम समेत तय गरिएको प्रवक्ता लामाले बताएका छन् । तेमाल गाउँपालिकामा स्थायी बासोबास भएका तेज तामाङले सार्क फूटबलमा गोल्डमेडल हात पारेका छन् भने विनिता ब्लेनले फरक खेलमा काष्यपदक जितेकी छिन् । उनकाअनुसार गोल्डमेडल ल्याउनेलाई नगद ७५ हजारले सम्मान गरिनेछ भने काष्य पदक विजेतालाई २५ हजार नगद सहित सम्मान गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै खेल समापन भएको भोलिपल्ट २६ गतेका दिन कालीमाटीमा निर्माण सम्पन्न भएको तेमाल प्रवेशद्वारको नवौं औतारी लामा गुरु रेम्पोछेबाट उद्धघाटन हुने पनि बैठकमा निर्णय भएको प्रवक्ताले जानकारी दिए ।

Facebook Comments