रोशी सहकर्मी–माघ १४,
२०७६,तेमाल/

तेमाल गाँउपालिका वडा नं ६ ठुलो पर्सेल स्वास्थ्य चौकीमा आजबाट सुरु भएको ३ दिने आँखा शिविर को पहिलो दिन आज ७७ जनाले आँखा जाँच गरेका छन् । जस् मध्य १७ जना मोतीयाबिन्दु भेटिएको र उनिहरुको उपचार भईसकेको वडा अध्यक्ष बिकुलाल तामाले जानकारी दिए ।
तेमाल गाँउपालिका वडा नं ६ को आयोजनामा मुटु फाउण्डेशन र मनोज एशोसिएसन फ्रान्सको प्रायोजनमा तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाण्डौको प्रविधिक सहयोगमा यस शिविर संचालन भएको हो । आज बाट ठुलो पर्सेल स्वास्थ्य चौकिमा सुरु भएको निःशुल्क आँखा जाँच तथा मोति विन्दु रोगको शल्यकृया भोली १५ गते र पर्सि १६ गते पनि चल्ने तामाले बताए ।
साथै उनले आँखाका बिरामीहरुलाई मौकाको फाईदा उठाउन समेत अनुरोध गरेका छन् ।

Facebook Comments