काभ्रे,
रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाइबा ज्वालाले बालबिकाश केन्द्र अनुगमन गर्नुभएको छ । रोशी गाउपालिकाको सहयोगमा नाङ्शाल एशोसियसन नेपालद्वारा सञ्चालन गरिएको प्रारम्भिक साक्षरता र गणित कार्यक्रम अन्तर्गत भएको शिक्षण कृयाकलापको अनुगमन भएको हो ।
आज रोशी ११ र १२ को ७ वटा बालबिकास केन्द्रमा ६ सिकाइ क्षेत्रको ब्यबस्थापन, बार्षिक बिषयबस्तु पाठ्यक्रम अनुरुपको शिक्षण सिकाइ, सिकाइ क्षेत्र अनुरुपको क्रियाकलाप, बालबालिकाको सिकाइ उपलब्धि, शिक्षकको नियमतता, सकृयता, सिर्जनशिलताको बिषयमा उपाध्यक्षद्वारा मूल्याङ्कन, मापन तथा पृष्ठपोषण प्रदान भएको बालबिकास सहजकर्ता सृजना तामाङले जानकारी दिनुभयो ।