रोशी सहकर्मी–माघ १६,
२०७६, तेमाल/

तेमाल गाँउपालिका वडा नं ६ ठुलो पर्सेल स्वास्थ्य चौकीमा भएको निःशुल्क ३ दिने आँखा शिविरमा ५५ जना मोतिया विन्दुका विरामीको शल्यक्रिया गरिएको छ । यहि माघ १५, १६ र १७ गते भएको निशुल्क आँखा शिविरमा कुल २१४ जना आँखाका बिरामी मध्य ५५ जना मोतिया बिन्दुको उपचार भएको वडा अध्यक्ष बिकुलाल तामाङले जानकारी दिए ।
तेमाल गाँउपालिका वडा नं ६ को आयोजनामा मुटु फाउण्डेशन र मनोज एशोसिएसन फ्रान्सको प्रायोजनमा तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाण्डौको प्रविधिक सहयोगमा यस शिविर संचालन भएको हो ।
रेडियो रोशी सँग बोल्दै वड अध्यक्ष तामाङले गरीब, विपन्न वर्ग साथै आर्थिक रुपमा कम्जोर भएका व्यक्तिलाई आखाँको उपचार निशुल्क गर्न पाँउदा खुसी लागेको बताए । “आफुले गरेको कामबाट त्यतीबेला खुसी भएको महशुस गरेँ, जब एक बृद्ध आमा आफ्नो आँखाको उपचार पाएकोमा हाँस्दै बोल्दै थिईन् ।” “अब काठमाण्डौ सम्म पुग्नुपर्ने बाध्यता हट्ने बिश्वास लिएको छु, –भन्दै लामाले “ठुलो पर्सेललाई मात्र नभई सिंगो तेमाललाई नै आँखा रोगी मुक्त बनाउने आशा जागेको छ ।”
शिविरबाट मेच्छे, चापाखोरी, नारायण स्थान, बोल्दे फेदिचे, सरमथली, सर्स्युखर्क लगायत तेमाल भेगका वासीन्दा लाभान्वित भएका छन् ।
समापन कार्यक्रममा त्रिपुरेश्वर काठमाण्डौ मेडिकल प्रमुख डा. कमल खड्का, मुटु फाउन्डेशन तथा मनोज एसोसिएसनका प्रतिनिधि धन बहादुर गुरुङ, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौका संयोजक कल्याण ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box