रोशी सहकर्मी–फाल्गुन २,
२०७६,काभ्रे
/
काभ्रेपलाञ्चोक जिल्लालाई फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । आज पत्रकार सम्मेलन मार्फत जिल्ला समन्वयका प्रमुख एव्म साक्षरता अभियान जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले प्रजातन्त्र दिवस पारेर फागुन ७ गते काभ्रेलाई साक्षर घोषणा गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले जिल्लाका १३ वटै स्थानीय तह साक्षर घोषणा भइसकेको र जिल्ला घोषणा गर्न मापदण्ड पुगेकाले घोषणा गर्न लागेको बताउनुभयो । उहाँले १५ देखी ६० बर्ष उमेर समूहका तीन लाख ६० हजार ५६० साक्षर भएको जानकारी गराउनुभयो । काभे्रमा तीन लाख ७३ हजार ७२८ जनसंख्या १५–६० उमेर समूहका रहेका छन । उहाँले ९६.४८ प्रतिशत साक्षर भएको बताउनुभयो ।

Facebook Comments Box