Wednesday, July 1, 2026
Date
बुध, असार १७, २०८३
Wed, July 1, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

RadioRoshi by RadioRoshi
बिहिबार, पुस १४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकामा लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । बुधबार बेथानचोक गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित ‘महिलाहरूको लागि लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम कार्यक्रम’को समापन भएको हो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएकोले महिला दिदीबहिनीहरूमा जीवनोपयोगी सीप आवश्यक रहेको बताउनु भएको छ । आफूहरूले घोषणा पत्रमा जाहेर गरेको प्रतिवद्धताहरूलाई क्रमिक रूपमा पुरा गर्दै लैजाने क्रममा यस प्रकारको तालिम कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो । लप्सी उत्पादनका लागि बेथानचोक उर्वर भूमि भएकोले तालिमबाट आर्जित सीपले महिला दिदीबहिनीको जीवनस्तर माथि उठनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
पँधेरा र चुल्हो चौकोबाट माथि उठेर जो व्यक्ति सीप सिक्दै स्वावलम्बी बन्दछ आर्थिक सामाजिक रूपमा आइपर्ने अप्ठेराहरूको व्यवस्थापन गर्न सक्ने क्षमतामा विकास हुँदैजाने, आर्थिक आत्म निर्भर हुँदै सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन मद्दत मिल्ने हुँदा तालिमबाट आर्जित सीप व्यवहारमा लैजान उहाँको आग्रह थियो । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै लैजाने उद्धेश्य अनुरूप नै तालिम सञ्चालन गरिएको हुँदा भावी दिनहरूका तालिमलाई थप सशक्त बनाउँदै उत्पादित वस्तुहरूको बजारिकरणमा पनि सोच बनाउने बताउनु भयो । समाजका सबै तह र तप्का सीपयुक्त भएमा समुन्नत समाज निर्माणमा समय नलाग्ने बताउँदै उहाँले जीवनोपयोगी सीपहरूको कुनै सिमा नहुने भएकाले प्राप्त सीपलाई प्रभावकारी बनाउँन, उचित समयमा उचित निर्णय लिन सक्ने बन्न तालिमका सहभागीहरूलाई आग्रह गर्नुभएको छ ।
प्रशासन प्रमुख विश्वनाथ दाहालले यस्ता तालिमले समाजमा लैङ्गिक भेदभावमा कमी ल्याउने, आत्मनिर्भर बन्न सहयोग पु¥याउने भएकोले तालिमबाट सिकेको कुरालाई कर्ममा परिवर्तन बनाउनु पर्ने कुरा बताउनुभयो । यस्तै शिक्षा शाखा प्रमुख पुष्पा राईले सीप भनेकै शिक्षा भएकोले सीपले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ भन्दै समाजमा इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्ने हुँदा सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ ।
सहभागीहरू लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा मगर र निर्मला थापा मगर लगायतले मन्तव्य राख्नु भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरूषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल लगायतको उपस्थिति रहेको थियो । ८ दिनसम्म सञ्चालित २५ जना सहभागी रहनु भएको तालिम कार्यक्रमा सजना नकर्मीले तालिम प्रदान गर्नु भएको थियो । तालिमबाट सहभागीहरूले १५ थरी लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सीप सिक्नु भएको छ । कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुशिला राईले सञ्चालन गर्नु भएको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

Next Post

नमोबुद्ध नगरका विभिन्न ५ कृषक, कृषि फर्म तथा सहकारीलाई कृषि सामाग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
नमोबुद्ध नगरका विभिन्न ५  कृषक, कृषि फर्म तथा सहकारीलाई कृषि सामाग्री वितरण

नमोबुद्ध नगरका विभिन्न ५ कृषक, कृषि फर्म तथा सहकारीलाई कृषि सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित

दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित

बिहिबार, अशोज ६, २०७९
द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेना खटाउनेमा नेपाल पहिलो राष्ट्र

बिहिबार, माघ २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.