Thursday, May 21, 2026
Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण

RadioRoshi by RadioRoshi
बिहिबार, पुस १४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
काभ्रेमा रेबिज सङ्क्रमण नियन्त्रण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लामा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो । गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताउनुभयो । उहाँका अनुसार हाल उक्त नगरमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएको छ ।
मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताउनुभयो । उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका छन् ।
यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ । महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए । कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो ।मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ । डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ । रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताउनुभयो । ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ ।’, उँहाले भन्नुभयो । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । –रासस

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

Previous Post

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित

Next Post

बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

बेथानचोकमा लप्सीको क्याण्डी, पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

सुन तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

बिहिबार, कार्तिक १, २०८१

प्रथम राष्ट्रिय रोशी कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८२ सम्पन्न

शनिबार, मंसिर ७, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.