रोशी सहकर्मी-फागुन ९,
२०७६,काभ्रे/

पनौती नगरपालिकामा रहेको सूर्याेदय माध्यमिक बिद्यालयले बार्षिक उत्सव, पुरस्कार वितरण तथा एस.ई.ई सम्मान विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । आज (शुक्रबार) पनौतीमा गरेको कार्यक्रममा बिद्यालयले खेलकुद प्रतियोगिता विजयी खेलाडीलाई पुरस्कृत गरेको थियो । त्यस्तै एस.ई.ई २०७५ मा उर्तिण भएका बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उक्त बिद्यालयका छात्र सुवेश धाजू ४ जिपिए ल्याएर जिल्ला कै उत्कृष्ट भएका थिए ।
पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पनौती शिक्षाका शाखाका प्रमुख मधुसुदन आधिकारी, पनौती नगरपालिका वडा न ७ का वडा सदस्य पुरुषोत्तम कर्मचार्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, बरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, बिद्यालयका प्रधानध्यापक सूर्यप्रसाद लाकोजू, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकृष्ण ताम्राकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सम्मान, विधि साँस्कृतिक कार्यक्रम भएका थिए ।

Facebook Comments