रोशी सहकर्मी–फागुन १०,
२०७६,काभ्रे/

रोशी माध्यमिक विद्यालयले विद्यालय स्तर सामुहिक भोजमा गएका विद्याथीहरुलाई पुरस्कार दिएको छ । रोशी गाँउपालिका वडा नं ७ कटुञ्जेवेशीमा अवस्थीत विद्यालयले कक्षा ११ र १२ का विद्याथीहरुलाई भक्तपुर सुवर्णेश्वरमा आयोजना गरेको सामुहिक भोज कार्यक्रममा विभिन्न विधामा प्रतियोगीता संचालन गरी उत्कृष्ट विद्यार्थिहरुलाई नगद सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक एवं +२ अध्यापक चुडामणी भट्टराईले जानकारी दिए ।
शिक्षक गौतम बिजुक्षेको नेतृत्वमा भएको प्रतियोगितामा पुरस्कृत हुने उत्कृष्ट गायन तर्फ कक्ष ११ का नबीन ससांकर, उत्कृष्ट नृत्य तर्फ कक्षा १२ कि सुस्मीता तामाङ, बेलुन फुटाउने दौडमा कक्षा ११ का सुजन उप्रेती र नबीन ससांकर, र म्युजिकल चियरमा कक्षा १२ की युनिका तामाङ रहेका छन् ।
कार्यक्रममा विद्यालयका शिक्षकहरु, कक्षा ११ र १२ का विद्यार्थिहरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box