रोशी सहकर्मी–फागुन ११,
२०७६,नगरसभाहल (भकुण्डे)/

जिल्लाको नमोबुद्ध नगरपालिका सहकारी समन्वय समितिको आयोजनामा सहकारी संस्थाहरुको बृहत भेला तथा एक दिने गोष्ठी सम्पन्न भएको छ । नमोबुद्ध नगरसभा हलमा भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेको प्रमुख आतिथ्यता रहेको थियो ।
दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी भन्ने मुल नारा रहेको कार्यक्रममा नगर भित्र संचालित सहकारीका पदाधिकारी लगायत सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
नमोबुद्ध नगरपालिकाको सहयोग रहेको भेलामा नमोबुद्ध नगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष हरी तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख टंक प्रसाद (टि.पि.) शर्मा तिमल्सिना, उप-प्रमुख रामदेवी तामाङ, समितिका उपाध्यक्ष उद्धव प्रसाद हुमागाई, जिल्ला सचिव दिलिप शर्मा लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments