रोशी सहकर्मी–फागुन ११,
२०७६,काभ्रे/

एशियाली विकास बैङ्क (एडिबी) ले काभे्र जिल्लाका २८ बिद्यालय निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तर गरेको छ भने थप १९ वटा निर्माणका क्रममा रहेका छन । भूकम्प पश्चात तत्काल बिद्यालय निर्माणका लागि काभे्रपलाञ्चोक जिल्लाका १४ बिद्यालय निर्माणका लागि एक अर्ब २९ करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शोवित श्रेष्ठले एडिबीको ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण भएका १४ बिद्यालय निर्माण सम्पन्न भएर हस्तान्तर भएको बताउनुभयो । उहाँले भूकम्प आपत्तकालिन परियोजना मार्फत धुलिखेलमा रहेको सञ्जिवनी नमुना माध्यमिक बिद्यालय, प्रभा नमुना माध्यमिक बिद्यालय लगायत अन्य बिद्यालय सम्पन्न भएर हस्तान्तरण भइसकेको बताउनुभयो । १४ माध्यमिक र १० आधारभूत बिद्यालय निर्माण सम्पन्न भएका हुन ।
एडिबी कै ऋण सहयोगमा केन्द्रीय आयोजना कार्यान्वनय इकाई (शिक्षा) ले विपद् व्यवस्थापन बिद्यालय परियोजना मार्फत १० बिद्यालयको निर्माण सुरु गरेको छ । १० बिद्यालय निर्माणका लागि ५१ करोड २४ लाख ३५ हजार रुपियाँ निकासका भएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । उक्त परियोजनाले काभे्रका १९ बिद्यालय निर्माण गर्न लागेको छ । १० वटाको निर्माण ७० प्रतिशत पुगेको र नौ वटाको निर्माण कम्पनी छनौट भएको श्रेष्ठले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा बन्नका लागेका १० बिद्यालय एक हप्तामा सुरु हुने इकाईले जानकारी दिएको छ । जिल्लाका ५८७ सामुदायिक विद्यालय मध्ये ३५३ पूर्ण र १७४ विद्यालयमा अधिक क्षति पुगेको थियो ।

Facebook Comments