Friday, July 17, 2026
Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन २५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, विविध, शिक्षा, स्थानीय तह
0
अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

काभ्रे,
११३औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल तिमल्सिना द्वितीय र सिता तिमल्सिना तृतीय हुनु भएको छ । विजेताहरुले नगद क्रमशः ४ हजार, ३ हजार र २५ सय रुपियाँ प्राप्त गर्नु भएको छ । कवि तथा गजलकार धनेन्द्र ओझा, कवि तथा निवन्धकार भवानी खतिवडा मोडल तथा गजल गायक संगिता थापा लगायतको समूहले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा उहाँहरुले आ–आफ्ना चेतनामूलक सिर्जना वाचन गर्नुभयो । बेथानचोक गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ग्रामिण विकास संस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चुल्हो चौकोको चौघेरोबाट आमा दिदीमा चेतना पुगोस् भनेरै २५ वर्ष भन्दा माथिको उमेर समूहमा यस प्रकारको प्रतियोगिता गराईएको बताउनु भयो । समाजमा नारीको अवस्था कस्तो छ भन्ने कुरा सिर्जनामार्फत बुलन्दी मात्र भएको छैन, यसका लागि स्वःस्फुर्त चेतना पनि सञ्चारित भएको छ भन्नुहुँदै उहाँले ‘बेथानचोकका महिलाको समृद्धि कृषि’ भएको उल्लेख गर्नुभयो । हाल किसानले बाली र पशुधनमा जोखिम मोलिरहेकोले छिट्टै एक विशेष योजनामार्फत पशु तथा बाली बीमाका कार्यक्रम लागू गरी महिलामा आत्मनिर्भरता बढाउने, बेथानचोकमा पर्यटन महोत्सव आयोजना गरी महिला स्वावलम्बनका गतिविधिलाई प्रधानता दिइने बताउनु भयो । कार्यक्रममा रक्षा उज्ज्वल किशोरी समूहद्वारा प्रस्तुत चेतनामूलक नाटकको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “आज भएको नाटकले दिएको सन्देशलाई घर घरमा पु¥याऔं र भनौं, नारी जुनै–कुनै पनि कोणबाट सक्षम छिन ।” उहाँले कार्यक्रममा प्रस्तुति दिनुहुने पाहुना साहित्यकारलाई विश्वस्त पार्दै भन्नुभयो, हामी बेथानचोक प्रज्ञा प्रतिष्ठान बनाउने अन्तिम तयारीमा छौं, यो भूमि वाङ्मयका लागि पनि उर्वर छ ।” नागरिकमा चेतना विकासका लागि कला साहित्यको स्थान उच्च छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नु भएकी बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले १३३ वर्ष अघिदेखि शुरु भएको यो दिवसले विभेदकारी व्यवहारलाई पर राख्दै नारी पुरुष बराबर हुन भन्ने सन्देश प्रवाह गरोस् भन्दै समाजमा नारीले दोश्रो दर्जामा जिउन बाध्य पारिने गतिविधि समुल अन्त्य गर्न महिला सक्षम हुन जरुरी रहेको औल्याउनु भयो । उहाँले सीप र स्वावलम्बन भए निणर्य क्षमतामा महिलाहरुको समान सहभागिता हुने भएकाले गाउँपालिकाले महिला स्वावलम्बनको पाटोलाई गम्भीरताका साथ अघि बढाइरहेको बताउनु भयो । आयआर्जन र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बेथानचोक गाउँपालिकाले महिलाहरुको लागि बहुपक्षीय गतिविधि गर्दै आएको र भावी दिनहरुमा पनि यसलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्ला दशकमा समानताका मुद्धा घनिभूत रुपमा उठेका केही मुद्धामा सम्बोधन पनि भइसकेका र केही सम्बोधनको क्रममा रहेकाले नेतृत्वकर्ताले विश्राम नलिई यसलाई उचाइमा पु¥याउनु पर्नैमा जोड दिनु भयो । गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत राजेन्द्र भण्डारीले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय महिला दिवस पनि भनिने यो दिवसमा यो वर्ष महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न लिइएको नीतिप्रति बेथानचोक गाउँपालिकाले जिम्मेवार भएर कार्यसम्पादन गर्ने बताउनु भयो । समाजमा व्याप्त सोंच र संकिर्ण चिन्तनबाट माथि उठेर महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमालाई समाप्त गर्न सबैजनाले सँगै हातेमालो गर्दै जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बेथानचोक गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुजता आचार्यले शाखाद्वारा सम्पादित गतिविधिबारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल ४ का अध्यक्ष कृष्ण तामाङ, विभिन्न वडाका सदस्यहरु, ग्रामिण विकास संस्थाका प्रतिनिधि, महांकाल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, नारी चेतना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, बेथानचोक नारी चेतना संस्थाका प्रतिनिधि,भुग्देउ महिला विकास संस्थाका प्रतिनिधि, ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थाका प्रतिनिधि, बेथानकोचक गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, बेथानचोक प्रहरी चौकी इञ्चार्ज तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Previous Post

नमोबुद्ध नगरपालिमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

Next Post

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

रोशीका जनप्रतिनिधिहरुको काम, कर्तव्य र अधिकार विषयक अभिमुखिकरण कार्यक्रम शुभारम्भ

बिहिबार, चैत्र २३, २०७९
सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण

सरमथली कुडुवालका कृषकहरुलाई तरकारीको बिउ वितरण

मङ्लबार, अशोज ९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.