काभ्रे,
बडा दसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै नाम चन्द्रघण्टा रहन गएको विभिन्न पौराणिक एवं धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ ।
देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने विश्वासका साथ नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । गीतसङ्गीत क्षेत्रमा लागेकाले आज चन्द्रघण्टा देवीको विशेष आराधना गर्दैछन् ।