काभ्रे,
रोशि गाउँपालिकाको आयोजनामा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा सन्चालित मेलमिलाप सम्बन्धि आधारभूत तालिम आज सम्पन्न भएको छ ।
आठ दिन सम्म सन्चालन भएको तालिम समापन कार्यक्रममा उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक मिम बहादुर वाइवाको अध्यक्षतामा जिल्ला अदालत काभ्रेका प्रमुख जिल्ला न्यायाधीश माननीय मोहनराज भट्टराईको प्रमुख आतिथ्यता, रोशि गाउपालिका अध्यक्ष दिनेश लामाको आतिथ्यतामा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्त तामाङ ,न्यायिक समिति सदस्यहरुको उपस्थितिमा तालिम कार्यक्रम समापन भएको कानुनी सहजकर्ता डेजि गुप्ताले जानकारी दिनुभयो ।