Wednesday, July 8, 2026
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी

RadioRoshi by RadioRoshi
आइतवार, माघ १, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
रोशीमा तामाङ जातीले मनाए ल्होछार, मगर जातीले मनाए माघी
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तामाङ जातीहरुको नयाँवर्ष अर्थात् ल्होछार पर्वको अवसरमा आज वृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालिकाको सहयोगमा सानीखोला लेम्बावेशी युथ क्लवको आयोजनामा संविधान सभा सदस्य तथा पूर्व सांसद व्यवस्थापिका सांसद एवं जिल्ला सभापति तीर्थ लामाको प्रमुख आतिथ्यमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा सभापति तीर्थ लामाले रोशी गाउँपालिका विभिन्न जातजाती, भाषाभाषी तथा मौलिकताले भरिएको पालिका भएको र जहाँको मौलिकधर्म, संस्कृति परम्परालाई जोगाउन र यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । सो अवसरमा सम्पूर्ण रोशी वासीमा बिरालो वर्ग अर्थात नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशीको साझा संकल्प रोशीलाई समृद्ध बनाउने, स्थानीय धर्म, संस्कृतिको संरक्षण एवं संवर्धन गर्र्र्दै विकासका कार्यलाई पनि एकताबद्ध भएर अगाडि बढाउन रोशी सरकार अग्रसर रहेको बताउनुभयो । कार्यक्रममा कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो भने रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईवा लगायतका अन्य व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

You might also like

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण


त्यसैगरी आज माघे संक्रान्ति, आज रोशीको मगर जातीले पनि हर्षोल्लासका साथ माघी पर्व मनाएको छ । नेपाल मगर संघ, नेपाल मगर बौद्ध सेवा समाज वडा समिति रोशी ९ को आयोजनामा माघे सकराती पर्व तथा साँस्कृतिक महोत्सव २०७९ हर्षोल्लासका साथ मनाएको छ । प्रतिनिधि सभा सदस्य काभे्र क्षेत्र न २ का माननीय गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको विशिष्ट आतिथ्यतमा सम्पन्न भएको हो ।


कार्यक्रमका अवसरमा माननीय गोकुल बास्कोटाले नेपाल बहुजाती, बहुभाषीको देश भएको, त्यसमध्ये पनि मगर जाती नेपालकै तेस्रो धेरै जनसंख्या भएको जाती र नेपालको संरक्षण मौलिक परम्परा तथा संस्कृतिलाई जगेर्ना गर्न ठूलो भूमिका निर्वाह गरेको जातीभएको बताउनुभयो ।उहाँले सामाजिक , साँस्कृतिक, आर्थिक रुपान्तरणको पनि लागि पर्ने बताउनुभयो । समाजको उन्नती विकासको लागि राजनीतिक तहका व्यक्तित्वहरुले भोट माग्न मात्र होइन, जहाफदेहिताको राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रोशीबहुजाती, बहुभाषीको बाहुल्यता भएको कारण माघीको अवसरमा मगर जातीलाई र ल्होछारको अवसरमा तामाङ जातीलाई शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा मौलिक मारुनी नाच, मौलिक कौह्रानाच, कलाकारहरुको लोक दोहोरी गीतको प्रस्तुति रहेको थियो ।

Previous Post

यति एयरलाइन्सको जहाज आज पोखरामा दुर्घटना

Next Post

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Next Post
सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

सरस्वती मा.वि.को ४४औं वार्षिकोत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

खसीबोका किनबेचले बनेपाको सडक अस्तव्यस्त

खसीबोका किनबेचले बनेपाको सडक अस्तव्यस्त

शनिबार, अशोज १५, २०७९
मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मङ्लबार, चैत्र १४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.