रोशी सहकर्मी–फागुन २१,
२०७६,काभ्रे/

बागमती प्रदेश सरकारबाट सामुदायिक विद्यालयलाई वस खरिद गर्नका लागी सामाजिक विकास मन्त्रालयले १३ जिल्लाका २५ वटा सामुदायिक विद्यालयलाई छनौट गरेको छ । मन्त्रालयले विद्यालय मर्ज भएका, ढाटाबाट विद्याथी आउनुपर्ने बाध्यता भएका, सडक सञ्जालले जोडिएका विद्यालयलाई छनौट गरेर वसका लागि अनुदान दिन लागिएको हो ।
विद्यालय वस सेवा कार्यक्रमका लागि छनौट भएका विद्यालयहरुलाई अनुदान रकमको सम्झौता गर्नका लागि सूचना पनि निकाली सकिएको सामाजिक विकास मन्त्रालय शिक्षा महासाखाका प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिए । यस कार्यक्रम अन्तरगत मन्त्रालयले एक विद्यालयका लागि २५ लाख रुपैयाँका दरले हस्तान्तरण गर्ने छ ।
प्रदेशका १२ वटा जिल्लाका २–२ सामुदायिक विद्यालयलाई बस खरीद गर्नका लागी अनुदान रकम दिइने भएको छ भने रसुवा जिल्लाको लागी एक विद्यालयलाई मात्र विद्यालय वस कार्यक्रम अनुदान रकम दिन लागिएको सुवेदीले वताए ।
यसरी अनुदान पाउनेमा काभ्रेपलान्चोकको कुशादेवि मावि र प्रभा मावि, दोलखाको हनुमन्तेश्वर मावि र क्षत्रवती माबि, नुवाकोटको महादेव मावि, भक्तपुरको सरस्वती मावि, रामेछापको मन्थली मावि, तामाकोसी जनजागृति मावि, ललितपुरको सरस्वती मावि, सिन्धुपाल्चोकको तेर्से मावि, सिन्धुपाल्चोकको सेतीदेवि पन्चकन्या मावि, सिन्धुलीको प्रगतिशिल मावि, सिन्धुलीको जनजागृति माबि, काठमाण्डौको गोकर्ण मावि रहेका छन् ।
यसैगरी काठमाण्डौको कान्तिभैरव मावि, धादिङको वागेश्वरी माबि, धादिङ्गकै गल्छीको सोही नाम गरेको बागेश्वरी मावि, मकवानपुरको जनकल्याण मावि, मकवानपुरको हेटौंडाको वंशगोपाल मावि, चितवनको भण्डारा मावि र हिमालय दण्डपाणि न्यौपान मावि, नुवाकोटको चण्डेश्वरी मावि, भक्तपुरको बागेश्वरी मावि, रसुवाको कालिका हिमालय मावि, ललितपुरको विश्श्रमित्र गणेश मावि छनौट भएका छन् ।

Facebook Comments