रोशी सहकर्मी–फागुन २१,
२०७६,काभ्रे/

जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ४ छेडा स्थित भित्री कच्ची सडक खण्डमा बस दुर्घट्ना भएको छ । रामेछापको गुँरासेबाट काठमाण्डौ तर्फ यात्रुहरु लिई आउदै गरेको बा.४.ख ७१०२ नं।को बस आज ९बुधबार० विहान १० बजे दुर्घट्ना भएको हो । दुर्घट्नामा परि ४० जना यात्रुहरु घाइते भएका छन् ।

वसले बिपरित दिशाबाट आउदै गरेको गाडीलाई साईड दिनको लागि व्याक गर्ने क्रममा सडक खण्डबाट अन्दजी १८ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले बताए ।

डिएसपी थापाका अनुसार हाल ३८ जना यात्रुहरुको धुलिखेल अस्पताल, १ जना नर्भिक अस्पताल थापाथली र १ जना ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको छ ।

विरामी विवरण

Facebook Comments