काभ्रे,
सत्तारुढ नेपाली कांग्रेसले आज देखि १५ दिनसम्म ‘समुदायमा कांग्रेस’ अभियान चलाउने भएको छ । माघ २२ सम्म चल्ने अभियानमा कांग्रेसका केन्द्रीय नेताहरूले गाउँटोलसम्म पुगेर जनताका समस्या सुन्ने छन् । यो अभियानमा गाउँसम्म केन्द्रीय नेता र प्रतिनिधिहरु खटिने कांग्रेस प्रवक्ता मीन विश्वकर्माले बताउनुभयो । ‘गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गरिने छ ।’ विश्वकर्माले भन्नुभयो । समुदायमा कांग्रेस अभियानका लागिपार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो । ती प्रतिनिधिले जिल्लामा बैठक राखेर वडास्तरसम्म प्रतिनिधि खटाउने र समूह बनाएर छलफल गर्ने उँहाले बताउनुभयो ।
अभियानका लागि बनाइएको समूहका किसान, व्यापारी, विद्यार्थी, युवा, तथा विभिन्न समुदायसँग कांग्रेसले अन्तरक्रिया गर्ने प्रवक्ता विश्वकर्माको भनाइ छ । कांग्रेसले यो अभियानका क्रममा सरकारमा रहँदा पार्टीप्रति सन्तुष्ट भए÷नभएको विषय पनि जनतालाई सोध्ने नेताहरूको भनाई छ ।