काभ्रे,
अबिरल बर्षाको कारण खोलाबाट लेदो सहितको बाढी, ढुङ्गा खसेर अवरुद्ध बनेको रोशी सडक खण्ड दुबै तर्फि सञ्चालनमा आएको छ । वडा नम्बर ११ माम्तिमा खहरे खोलाबाट लेदो आएपछि सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार अवरुद्ध सडक दुबै तर्फि सञ्चालनमा आएको हो । राजमार्गमा यात्राको क्रममा विभिन्न स्थानमा पहिरो, लेदो र ढुङ्गाहरु खस्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु इप्रका मंगलटारले अनुरोध समेत गरेको छ ।